per 10gms
per 10gms
per 10gms
per 1 tola
per 1 tola
per 1 tola
If you are jeweller or have trade with gems stones and jewellery. You can become our member. You can download the membership form here.
Membership Form
पोखरा । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले पोखरामा २०७८ चैत ११ र १२ गते शुक्रबार र शनिबार गरी दुई दिने गोष्ठी सम्पन्न गरेको छ । महासंघले विगतको समीक्षा र आगामी कार्यदिशा, व्यवसायीको हकहित र नीतिगत प्रक्रियाको सन्दर्भमा गोष्ठी सम्पन्न गरेको हो ।
गोष्ठीको उद्घाटन गर्दै गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपुर्तिमन्त्री मणिभद्र शर्माले व्यवसायीसमक्ष स्वदेशी कालीगढ उत्पादन गर्नुपर्ने धारणा राखे । मन्त्री शर्माले आफ्नो गृह जिल्ला बाग्लुङमा अधिकांश कालीगढहरु भारतीय रहेको उल्लेख गर्दै स्वदेशी नागरिक नै कलाकौशलमा लाग्नुपर्ने सुझाव दिए । ‘बाग्लुङमा मैले देखेका कालीगढहरु प्रायः भारतीय छन्, उनले भने, ‘मैले विस्तृत अनुसन्धान नै त गरेको छैन तरपनि बढी उनीहरु नै देखिन्छन् ।’ मन्त्री शर्माका अनुसार अब व्यवसायीले कालिगढ उत्पादनमा समेत ध्यान पु¥याउनुपर्छ । दक्ष कालीगढ उत्पादन गर्न मन्त्रालयले तालिमको व्यवस्था गर्ने बताउदै शर्माले महासंघलाई समन्वय गर्न आग्रह गरे । ‘दक्ष कालीगढ उत्पादन गर्न हामीले तालिमको लागि पहल गर्छाै, मन्त्री शर्माले भने, ‘त्यसको लागि तपाईहरु पनि हामीसँग समन्वय गर्नुहोला ।’
त्यस्तै, महासंघका अध्यक्ष सुरेशमान श्रेष्ठले देशमा विद्यमान व्यापार घाटाको परिपुर्ती गर्न सुनचाँदी जस्ता बहुमूल्य धातुको प्रवद्र्धन, बिस्तार र निर्यातमा ध्यान दिनुपर्ने जनाए । ‘सुनचाँदीसँगै बहुमूल्य पत्थर, रत्न, आभुषणको व्यवसायलाई सरकारले सहजनीतिमार्फत सहयोग गरे व्यापार घाटा कम गर्न सघाउ पुग्नेछ’ श्रेष्ठले भने ।
गोष्ठीमा महासंघका महासचिव किसान सुनारले ‘महासंघको विगतको समीक्षा र आगामी कार्यदिशा’ विषयक कार्यपत्र प्रस्तुत गरे । महासचिव सुनारद्वारा प्रस्तुत कार्यपत्रमा सरकारसंग विभिन्न माग र महासंघको २७ बुँदे आगामी कार्यदिशा उल्लेख गरिएको छ । ‘सुन जस्तो क्यापिटल गुड्स र औद्योगिक कच्चा पदार्थलाई पनि पेट्रोलियम पदार्थ जस्तो उपभोग गरेर समाप्त हुने विलासीतापूर्ण वस्तुसँग दाँजेर आयात निरुत्साहित गरिएकोले अब यो व्यवसायलाई कसरी जिवित राख्ने भन्ने गम्भीर अवस्था सिर्जना भएको छ ।’ कार्यपत्रमा उल्लेख गरिएको छ ।
त्यसैगरी सरकार तथा महासंघ बिचको समन्वय बलियो बनाउन नेतृत्वदायी भुमिका खेल्ने, सुन आयात गर्ने कम्पनी (गोल्ड बैंक) स्थापना गरी सम्पूर्ण सुन व्यवसायीहरुलाई सरल रुपमा सुन विक्री गर्ने, नीतिगत तहमा राज्यलाई दबाब दिने कार्यपत्रमा प्रस्तुत छ ।
साथै, व्यवसायीहरुको हकहित तथा चेतना जागरणका लािग छुट्टै निर्देशिका मस्यौदा तयार गरी कार्यान्वयन गर्ने, देशव्यायीरुपमा महासंघले सुन तथा चाँदीको समान दर कायम गर्ने, सदस्य संघ तथा एशोसियट सदस्यहरु विस्तार गर्नेलगायतका बुँदा समावेश छन् ।
काठमाडौं । आषाढ २१, कोभिडबाट शिथिल अर्थतन्त्रलाई पुनर्जिवित गर्न सक्ने मौद्रिक नीतिको आवश्यकता
नेपाल राष्ट्र बैंकबाट आ. व. २०७८/७९ को लागि निकट भविष्यमा जारी हुने मौद्रिक नीतिमा सुझाव दिदै नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले कोभिडबाट शिथिल अर्थतन्त्रलाई पुनर्जिवित गर्न सक्ने मौद्रिक नीतिको आवश्यकतामा जोड दिएको छ ।
अर्थतन्त्रको मुख्य संवाहको रुपमा रहेको उद्योग, व्यापार र व्यवसाय क्षेत्रलाई पुनर्जीवित र पुनरुत्थान गर्न आवश्यक पूँजीको व्यवस्था गरी कर्जाको पुनर्तालिका, पुनरुत्थान कर्जाको व्यवस्था र व्याजमा छुट तथा रलीकरण आदिको व्यवस्था हुनुपर्ने महासंघले सुझाव दिएको छ ।
मुलुकमा चालू रहेको उद्योग, व्यापार, व्यवसाय मध्ये गहना व्यवसायले पनि वृहत आकार लिई सकेको छ । यस क्षेत्रमा अर्वौको लगानी भइसकेको छ । हजारौं व्यवसायीहरु संलग्न रहेको यस व्यवसायमा लाखौंले प्रत्यक्ष रोजगारी प्राप्त गरिरहेका छन् । यस क्षेत्रले वार्षिक सरदर रु. ८ अर्व भन्दा बढी राजश्वमा योगदान गरिरहेको छ । निर्यात, रोजगारी, राजश्व अभिवृद्धि आदिको दृष्टिकोणले अति नै महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने यो व्यवसायलाई प्रोत्साहित गरी यसबाट अर्थतन्त्रमा थप मूल्य अभिवद्धि गर्न आगामी मौद्रिक नीतिमा निम्न विषयहरु समावेश गर्न आवश्यक भएको उल्लेख गर्दै महासंघ निम्न सुझावहरु प्रस्तुत गरेको छ ।
१. सुनचाँदी व्यवसायलाई उच्च जोखिमको श्रेणी (High Risk Zone) मा राखिएकोले गहना व्यवसायीहरुले वाणिज्य बैंकमा खाता खोल्दा झन्झटिलो प्रक्रिया पूरा गर्नु परिरहेकोले यस व्यवसायलाई उच्च जोखिम वर्गबाट हटाई सहज र सरल बनाउनु पर्दछ ।
२. वाणिज्य बैंकहरुले प्रदान गर्ने पुनर्कजा आदिमा आभुषण व्यवसायलाई पनि समावेश गरिनु पर्छ ।
३. वाणिज्य बैंकहरुले आर्जन गर्ने वार्षिक मुनाफा रकम मध्येबाट CSR (Corporate Social Responsibility) अन्तर्गत कम्तिमा १० प्रतिशत रकम युवा तथा महिला गहना व्यवसायीहरुका लागि शीप विकास तालिम एवं आभुषण व्यवसायमा नै स्वरोजगारीको लागि अनुदान दिने व्यवस्था हुनुपर्दछ ।
४. गहना निर्माण तालिम लिन चाहने युवा (महिला समेत)लाई सहुलियतपूर्ण शीप विकास ऋणको व्यवस्था हुनुपर्छ ।
५. २०६७ सालमा केही समयको लागि भनि सुनमा कोटा प्रणाली लागू भएको हाल सम्म पनि सोही प्रणाली जारी छ । यस बीच बजार र उपभोक्ताको मागमा शतप्रतिशत वृद्धि भएको छ । तर मागलाई धान्नै नसक्ने गरी कोटा तोकिएको छ । सुनको अभावमा व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था छ । अनाधिकृत पैठारीलाई दुरुत्साहन हुन पुगेको छ । राजश्वमा समेत ठूलो नोक्सानी भइरहेको छ । तसर्थ वास्तविक मागको सर्भेक्षण गरी आयातको कोटा बढाउनु अति जरुरी छ ।
६. सुन पैठारीलाई Open General Lisence (OGL) अन्तर्गत ल्याउने वा कोटा बढाई निजी क्षेत्रलाई पनि पैठारी अनुमति दिइनु पर्दछ ।
७. सुनको पैठारीमा हाल लागू गरिएको कोटा प्रणाली एवं वाणिज्य बैंकले मात्रै आयात गर्न पाउने व्यवस्था “प्रतिश्पर्धा प्रवद्र्धन ऐन” को प्रतिकूल छ । तसर्थ मुलुकको प्रचलित कानूनसंग प्रतिकूल नहुने गरी “आपूर्ति संकुचित गर्ने र निश्चित निकायलाई मात्रै पैठारीको अनुमति दिने” कार्य अविलम्ब वन्द हुनुपर्दछ ८. झिटि गुण्टा अन्तर्गत ५०० ग्राम सम्म भंसार तिरेर सुन ल्याउन पाउने व्यवस्था गर्ने र नेपाली नागरिकले विदेशमा बनेका गहना ल्याएमा २५ ग्राम भन्दा बढीकोमा भंसार लिने ।
९. सुनको वितरण प्रणालीलाई विकेन्द्रित गरी मुलुकभरका साना–ठूला सबै व्यवसायीहरुको समान पहूँच स्थापित हुने गरी सरल र सहज तरिकाले आपूर्ति व्यवस्था मिलाउने ।
१०. वाणिज्य बैंकहरुले सुन विक्री गर्दा एकै दिनमा पनि बैंक पिच्छे भाउ फरक हुने गरेकोले प्रत्येक दिन सबै बैंकको एउटै भाउ हुनुपर्ने । साथै होल्डिङ्ग तथा सर्भिस चार्ज भनि थप मूल्य लिने गरेकोले सो कार्य अविलम्व बन्द हुनुपर्ने ।
११. नेपाल राष्ट्र बैंकले देशका विभिन्न आठ वटा वा आवश्यकता परेमा सो भन्दा पनि बढी स्थानबाट वाणिज्य बैंकहरुले सुन विक्री गर्नु पर्ने भनी कार्यविधिमा नै स्पष्ट उल्लेख गरे तापनि वैंकहरुले काठमाडौंबाट मात्र विक्री वितरण गरिरहेका छन् । काठमाडौं भन्दा वाहिरबाट बेच्नु परेमा अपारदर्शी रुपमा बढी मूल्य तोक्ने गरेकोले त्यसबाट व्यवसायीहरुलाई झनै समस्या पर्न गएको छ । त्यसैले जुनसुकै स्थानबाट खरीद–विक्री गर्दा पनि एउटै भाउ कायम हुने व्यवस्था हुनुपर्दछ ।
काठमाडौं, ८ असार । कोभिड–१९ को नियन्त्रणको क्रममा विगत २०७८ बैशाख १६ गते देखि लक–डाउन घोषणा गरिए पश्चात व्यापार, व्यवसाय लगायतका क्षेत्रहरु बन्द भएकोले वाणिज्य बैंकहरुले विक्री वितरण गर्ने सुनको आपूर्ति पनि बन्द भएको सर्वविदित छ । २०७८ असार ८ गते देखि विभिन्न वस्तु र सेवालाई विभिन्न श्रेणीमा वर्गिकरण गरी दैनिक तालिका अन्तर्गत तोकिएको बार र समयमा व्यापार, व्यवसाय चालू गरिएकोले सोही तालिका अनुरुप सुन, चाँदी गहना आदि आभुषण क्षेत्र पनि चालू भएको हो ।
अत : गहना व्यवसाय सुचारु भएको वर्तमान अवस्थामा बैंकबाट विक्री वितरण हुने सुनको आपूर्तिलाई पनि पुन: सुचारु गर्नुपर्ने हुँदा सोको लागि सम्बन्धित निकायमा निर्देशन हुनका साथै साविकमा दैनिक २० के.जी. सुन विक्री वितरण हुँदै आएकोमा लामो समय पश्चात बजार खुलेको र निकट भविष्यमा नै प्रमुख चाड–पर्वहरुको समय पनि आउने भएकोले विगतमा विक्री–वितरण नभएको सुनको परिमाण समेतलाई मनन गर्दै दैनिक ३० के.जी. सुन विक्री वितरणको अविलम्ब व्यवस्था गर्न नेपाल राष्ट्र बैंक समक्ष नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले अनुरोध गरेको छ ।
काठमाडौं । आषाढ २०, नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र ज्योति विकास बैंक वीच सहकार्य गर्ने सहमति
नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र ज्योति विकास बैंक वीच आपसी संस्थागत हित र व्यवसाय प्रवद्र्धनका लागि सह–कार्य गर्न सहमति–पत्रमा आज २०७८ असार २० गते हस्ताक्षर भएको छ । सहमति पत्रमा महासंघका अध्यक्ष रमेश महर्जन र बैंकका नायव प्रमुख कार्यकारी अधिकृत पारस राज कंडेलले संयुक्त रुपमा हस्ताक्षर गर्नु भएको छ । सहमति अनुसार उक्त बैंकले महासंघमा आवद्ध आभुषण व्यवसायीहरुलाई सहुलियतपूर्ण ऋण सुविधा प्रवाह गर्नेछ । सो कार्यमा महासंघले सहजिकरण गर्नेछ ।
बैंकले ऐन, नियम र मापदण्डको आधारमा प्रोफेसनल कर्जा, महिला उद्यमशील कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा र विदेशीबाट फर्केका युवा परियोजना कर्जा आदि प्रदान गर्नेछ । कर्जा प्रवाह गर्दा बैंकले लिने सेवा शुल्कमा विशेष छुट प्रदान गरिनेछ ।
सो बैंकले डिजिटल बैंकिङ्कलाई प्रोत्साहित गर्न खुद्रा व्यापारमा संलग्न गहना व्यवसायीहरूलाई क्यूआर कोड प्रदान गर्ने र उक्त सेवा सूचारु गर्नको लागि शून्य मौज्दातमा चल्ती खाता खोल्ने सुविधा उपलब्ध गराउने छ ।
महासंघको अनुरोधमा सो बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (Corporate Social Responsibility) अन्तर्गत “हाम्रो विकास प्रवद्र्धन कोष” बाट गहना व्यवसायीहरुको क्षमता विकासको लागि विभिन्न कार्यक्रमहरु पनि संचालन गर्नेछ ।
सिराहाको लाहन नगरपालिका १३ गढिया चोक स्थीत अमिता ज्वेलर्सका संचालक प्रदीप विश्वकर्मालाई लुटेराहरुको समुहले २०७७ चैत्र २८ गते शनिवार गोली हानी हत्या गरी पसलमा रहेको सुन चाँदी र नगद लुटेको घट्ना प्रति नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको गंभीर ध्यानाकर्षण भएको छ ।
यस घट्नाको घोर भत्र्सना गर्दै अपराधीलाई अविलम्व कानूनी कठघरामा ल्याई कडा कारवाही गर्न र क्षतिपूर्ति सहित लुटिएको धनमाल फिर्ता गराई पीडितलाई न्याय दिलाउन महासंघ सम्बन्धित निकायसंग जोडदार माग गर्दछ । साथै लुटेराहरुको आक्रमणबाट सख्त घाइते हुनु भएकी श्रीमती अमिता विश्वकर्माको स्वास्थ्योपचारको अविलम्व उचित व्यवस्था गर्न पनि नेपाल सरकार समक्ष महासंघ माग गर्दछ ।
व्यस्त बजारमा गोली हानी व्यवसायीको हत्या हुनु र अपराधीहरु लुटपाट गरी भाग्न सफल हुनु जस्ता घट्नाले शान्ति सुरक्षा कमजोर रहेको स्पष्ट हुन्छ । शान्ति सुरक्षाको कमी कै कारणले आभुषण व्यवसाय जोखिमपूर्ण बन्दै गएको अवस्थामा यस घट्नाले मुलुकभरका गहना व्यवसायीहरु आतंकित र थप त्रसित हुन पुगेका छन् ।
तसर्थ शान्ति सुरक्षालाई थप प्रभावकारी तुल्याई व्यवसायीहरुको मनोवल बढ्ने अवस्थाको सिर्जना गर्न र यस्ता आपराधिक समुह र तिनीहरुका क्रियाकलाप माथि कडा नियन्त्रण गर्न नेपाल सुन चाँदी रत्न तथा आभुषण महासंघ नेपाल सरकारको ध्यानाकर्षण गराउँदछ ।
यस घट्नाको घोर भत्र्सना गर्दै अपराधीलाई अविलम्व कानूनी कठघरामा ल्याई कडा कारवाही गर्न र क्षतिपूर्ति सहित लुटिएको धनमाल फिर्ता गराई पीडितलाई न्याय दिलाउन महासंघ सम्बन्धित निकायसंग जोडदार माग गर्दछ ।