To establish well equipped gemological laboratory for the experiment of jewels, gems and others valuable ores and metals.
To organize a training for the development of required manpower within the country for this profession.
To organized a national level exhibition of diamond jewelry and semiprecious stones.
Become a member
If you are jeweller or have trade with gems stones and jewellery. You can become our member. You can download the membership form here.
Membership Form
काठमाडौं। नेपाल सुन चाँदी रत्न तथा आभुषण महासङ्घले शुक्रवार अर्थमन्त्री विष्णु पौडेललाई ध्यानाकर्षण पत्र बुझाएको छ। सुनको चरम अभावबाट उत्पन्न समस्याको सिघ्र समाधान गर्न माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको हो।
कोरोनाभाईरस महामारी र उत्पन्न परिस्थितिको सामना गर्न नेपाल सरकारले गरेको देशव्यापी लकडाउनका कारण सुनको आयातमा कटौती गरि दैनिक २० देखि २५ किलो बिक्री हुँदै आएकोमा दैनिक १० किलोमा झारिएको र २०७७ कार्तिकदेखि सम्पूर्ण गतिविधिहरू शुरु भएपनि सुनको दैनिक बिक्री कोटा अहिलेसम्म नबढाएकोमा महासंघले आपत्ति समेत जनाएको छ।
जसले गर्दा सुनको चरण अभाव सँगसँगै बैंकले सुनको पालो नपाई व्यवसाय नै बन्द गर्नुपर्ने बाध्यात्मक अवस्था सृजना भएको र अभावको अनुचित फाइदा उठाई अवैध कारोबार बढ्नेतर्फ पनि सचेत गराएको छ।
यस्तै नेपाल राष्ट्र बैंकले मौजुदा सुन आयात तथा बिक्री वितरण सम्बन्धी कार्यविधि २०६८ का लागि सुझाव मागेको लामो समय हुँदापनि निर्णय गर्न नसकेकोमा महासङ्घले दुःख व्यक्त गरेको छ।
महासंघ अध्यक्ष रमेश महर्जनद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमार्फत कार्यविधि संसोधन गरि सुनको दैनिक आपूर्ति कम्तिमा ३० किलो पुर्याइ निर्यातकर्ताको लागि छुट्टै कोटाको व्यवस्था गर्न आवश्यक निर्देशन दिन अनुरोध समेत गरेको छ।