To establish well equipped gemological laboratory for the experiment of jewels, gems and others valuable ores and metals.
To organize a training for the development of required manpower within the country for this profession.
To organized a national level exhibition of diamond jewelry and semiprecious stones.
Become a member
If you are jeweller or have trade with gems stones and jewellery. You can become our member. You can download the membership form here.
Membership Form
काठमाडौं । आषाढ २०, नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र ज्योति विकास बैंक वीच सहकार्य गर्ने सहमति नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र ज्योति विकास बैंक वीच आपसी संस्थागत हित र व्यवसाय प्रवद्र्धनका लागि सह–कार्य गर्न सहमति–पत्रमा आज २०७८ असार २० गते हस्ताक्षर भएको छ । सहमति पत्रमा महासंघका अध्यक्ष रमेश महर्जन र बैंकका नायव प्रमुख कार्यकारी अधिकृत पारस राज कंडेलले संयुक्त रुपमा हस्ताक्षर गर्नु भएको छ । सहमति अनुसार उक्त बैंकले महासंघमा आवद्ध आभुषण व्यवसायीहरुलाई सहुलियतपूर्ण ऋण सुविधा प्रवाह गर्नेछ । सो कार्यमा महासंघले सहजिकरण गर्नेछ । बैंकले ऐन, नियम र मापदण्डको आधारमा प्रोफेसनल कर्जा, महिला उद्यमशील कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा र विदेशीबाट फर्केका युवा परियोजना कर्जा आदि प्रदान गर्नेछ । कर्जा प्रवाह गर्दा बैंकले लिने सेवा शुल्कमा विशेष छुट प्रदान गरिनेछ । सो बैंकले डिजिटल बैंकिङ्कलाई प्रोत्साहित गर्न खुद्रा व्यापारमा संलग्न गहना व्यवसायीहरूलाई क्यूआर कोड प्रदान गर्ने र उक्त सेवा सूचारु गर्नको लागि शून्य मौज्दातमा चल्ती खाता खोल्ने सुविधा उपलब्ध गराउने छ । महासंघको अनुरोधमा सो बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (Corporate Social Responsibility) अन्तर्गत “हाम्रो विकास प्रवद्र्धन कोष” बाट गहना व्यवसायीहरुको क्षमता विकासको लागि विभिन्न कार्यक्रमहरु पनि संचालन गर्नेछ ।