• 16
  • Jeth
  • 2080
  • 30
  • May
  • 2023
FINE GOLD (9999)

per 10gms

NRs.94735/-
STANDARD GOLD (9950)

per 10gms

NRs./-
SILVER

per 10gms

NRs.1179/-

Latest News

Become a member

If you are jeweller or have trade with gems stones and jewellery. You can become our member. You can download the membership form here.

  Membership Form

 fngsgja

काठमाडौं । यस महासंघका अध्यक्ष रमेश महर्जनको आकस्मिक एवं असामयिक दुःखद निधनको प्रथम वार्षिक जयन्तीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं ।
वि.सं. २०२१ मंसिर ८ गते ललितपुरमा जन्मनुभएका महर्जनको २०७८ कात्तिक १ गते दुःखद निधन भएको हो । संस्थापक अध्यक्ष महर्जनले महासंघको स्थापना काल देखि नै कुशल नेतृत्व प्रदान गर्दै आउनु भयो । आभुषण क्षेत्रलाई राष्ट्रिय अर्थतन्त्रको एउटा प्रमुख आधार स्तम्भ बनाउने भीष्मप्रतिज्ञाका साथ मुलुकभरका गहना व्यवसायीहरु र सम्बन्धित क्षेत्रका संघहरुलाई संगठित गरी वहुमूल्य गहना तथा आभुषण क्षेत्रमा मुलुककै पहिलो महासंघको स्थापना गर्ने कार्यमा अग्रणी भूमिका निवाह गर्नुका साथै जीवनपर्यन्त सशक्त नेतृत्व प्रदान गर्नुभयो ।
सामान्य कृषक परिवारमा जन्मनु भएका महर्जन पहिलो पुस्ताका ज्वेलर्स हुनुहुन्थ्यो । उहाँले स्थापना गर्नु भएको आर.बी. डायमण्ड ज्वेलर्स प्रा. लि. झण्डै २५ वर्षको अवधिमा देशको एक प्रमुख ज्वेलर्स बन्न सफल भएको छ । नेपाली मौलिक बहुमूल्य गहनालाई अन्तर्राष्ट्रिय क्षेत्रमा सुपरिचित गराई निर्यात प्रवद्र्धन गर्ने कार्यमा उहाँ निरन्तर सक्रिय रहनु भयो । यस कार्यमा आम गहना व्यवसायीलाई अभिप्रेरित गर्नुका साथै नेपाल सरकार एवं मुलुकका सम्बन्धित निकायको ध्यानाकर्षण गराई रहनु भयो ।
निजी क्षेत्रको सहकार्य, एकता एवं समन्वयात्मक प्रयासले नै मुलुकको अर्थतन्त्रलाई सम्बृद्ध बनाउन सकिन्छ भन्ने मान्यता राख्नु हुने स्वर्गीय महर्जन नेपाल जेम एण्ड ज्वेलरी काउन्सीलका अध्यक्ष, अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्स, नेपाल चेम्बर अफ कमर्सका कार्यसमिति सदस्य हुनुका साथै नेपाल–श्रीलंका चेम्बर अफ कमर्स एण्ड इण्डष्ट्रिका अध्यक्ष र नेपाल कोरिया चेम्बर अफ कमर्स एण्ड इण्डष्ट्रि, नेपाल म्यानमार चेम्बर अफ कमर्स एण्ड इण्डष्ट्रि आदि द्विराष्ट्रिय उद्योग वाणिज्य संघहरुमा समेत सक्रिय हुनुहुन्थ्यो ।
सामाजिक सेवा क्षेत्रमा पनि उहाँको योगदान अनुपम रह्यो । उहाँले “माया फाउण्डेशन” को स्थापना गरी विपन्न र पिछडिएका समुदायका लागि शीप तथा रोजगारीमूलक कार्यक्रमहरु संचालन गर्नुभयो । २०७२ सालको विनाशकारी भूकम्पबाट आवास गुमाएका विपन्न परिवारको लागि फाउण्डेशनद्वारा प्रवद्र्धित “पिलाछेँ पुननिर्माण तथा पर्यटन प्रवद्र्धन परियोजना” लाई नेपाल सरकार राष्ट्रिय पुननिर्माण प्रधिकरणले “गुरु योजना” को रुपमा ग्रहण गरी मुलुकभर कार्यान्वयनमा ल्याउने घोषणा गरेको थियो ।
स्वर्गीय महर्जनले न्हुदँ राष्ट्रिय समारोह समिति नेपाल संवत ११४० र ११४१ का अध्यक्ष भई कार्य गर्नुभएको थियो ।
अल्पायुमा नै भएको उहाँको दुःखद निधनले अपुरणीय क्षति भएको छ । महासंघले एउटा संस्थापक, कुशल मार्गदर्शक, अभिभावक एवं राष्ट्रले एउटा होनाहार उद्यमी व्यवसायी एवं समाजसेवी गुमाएको छ । उहाँको अधुरो सपनाहरुलाई साकार पार्नु हामी सबैको परम कर्तव्य र दायित्व हुन आएको छ । प्रथम वार्षिक जयन्तीको यस घडीमा श्रद्धा सुमन अर्पण गर्दै स्वर्गीय महर्जनको परिवारजन प्रति हार्दिक समवेदना प्रकट गर्दछौं ।