• 26
  • Asar
  • 2080
  • 11
  • July
  • 2023
FINE GOLD (9999)

per 10gms

NRs.95420/-
STANDARD GOLD (9950)

per 10gms

NRs./-
SILVER

per 10gms

NRs.1196/-

WhatsApp Image 2022-08-05 at 3.28.19 PM 1

 काठमाडौं ।

नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका प्रदेश नं १ का संयोजक विशन शाक्यको नेतृत्वमा ५ अन्य प्रतिनिधिमण्डल भारतको जेम एण्ड ज्वेलरी एक्स्पोर्ट प्रमोसन काउन्सीलको तत्वावधानमा आयोजित “३८ औं भारत अन्तर्राष्ट्रिय ज्वेलरी शो (IIJS Premiere - 2022)” मा सहभागि हुनु भएको हो । उक्त शो पाँच दिन (२०७९ श्रावण १९ देखि २३ गते सम्म) आयोजना हुनेछ ।

सोही अवसरमा प्रतिनिधिमण्डलले काउन्सीलका वर्तमान अध्यक्ष कोलिन साह र अन्य विशिष्ट पदाधिकारीहरुसंग भेटवर्ता गरी नेपाल भारतका सुनचाँदी व्यवसायीको आपसी सम्बन्ध विस्तार गर्न २०७० चैत ९ गते यस महासंघ र भारत जेम एण्ड ज्वेलरी एक्स्पोर्ट प्रमोशन काउन्सील बीच भएको समझदारीलाई स्मरण गर्दै नेपाल ज्वेलरी उद्योगको प्रवद्र्धनका लागि संयुक्त रुपमा प्रविधि एवं पूँजी लगानी गर्ने बिषयमा छलफल भएको हो ।

मुम्बाई बसाईको क्रममा प्रतिनिधिमण्डलले विभिन्न जेम तथा ज्वेलरी, मेसिनरी कारखानाहरुको पनि स्थलगत अवलोकन भ्रमण गरेको थियो ।

प्रतिनिधिमण्डलमा टेक बहादुर याङदेन, त्रिभुनाथ फूयाल, रुद्ध बहादुर वि.क, सिद्धान्त श्रेष्ठ र किरण नगरकोटी सुनार रहनु भएको थियो ।