• 26
  • Asar
  • 2080
  • 11
  • July
  • 2023
FINE GOLD (9999)

per 10gms

NRs.95420/-
STANDARD GOLD (9950)

per 10gms

NRs./-
SILVER

per 10gms

NRs.1196/-

Latest News

Become a member

If you are jeweller or have trade with gems stones and jewellery. You can become our member. You can download the membership form here.

  Membership Form

Picture

 

काठमाडौं ।

मलेशियाको पर्यटकिय शहर पेनाङमा Elite Expo Sdn Bhd र Penang Goldsmith & Jewellers Association को संयुक्त आयोजनामा आयोजित पेनाङ्ग सिग्नेचर गोल्ड फेयर २०२२ मा महासंघका सचिव निर बहादुुर धमलाको नेतृत्वमा ११ सदस्यीय प्रतिनिधि मण्डल सहभागि जनाउनु भएको हो ।

सो अवसरमा Elite Expo Sdn Bhd का प्रमुख कार्यकारी निर्देशक दातुक जोन्सन लिम र पेनाङ सुनचाँदी तथा आभुषण संघका अध्यक्ष जर्ज लो सिउ चेंग डीजेएनसंग भेटवर्ता गर्नुका साथै मौलिक गरगहनाको बजारिकरण, आयात एवं निर्यातका सन्र्दभमा देखिएका समस्या र चुनौतिसंगै अन्तर्राष्ट्रिय व्यापारीका अवसर, नेटवर्क विस्तारका विषयमा छलफल भएको सचिव निर बहादुर धमलाले बताउनुभयो ।

आज २०७९ भाद्र ३ देखि ५ गते सम्म संचालन हुने उक्त फेयरमा महासंघबाट गएका प्रतिनिधि मण्डलले प्रर्दशनीमा राखिएका विभिन्न जेम तथा ज्वेलरी, मेसिनरी लगायत स्टलहरु अवलोकन गर्नुका साथै ‘A New Dawn of The Gold & Gems Industry’ विषयक एक दिने अन्तरक्रियामा समेत सहभागिता जनाउने छन् ।

प्रतिनिधिमण्डलमा राजेन्द्र वि.क, राजन काफ्ले, मुकुन्द कुमार ठाकुर, सत्यम ठाकुर, मनोरथ कुमार ठाकुर, किरण नगरकोटी सुनार, दिनेश कुमार श्रेष्ठ, लेखराज नेवार, शिव राज श्रेष्ठ, भिपेन वि=क, दिपेन्द्र वि=क रहनु भएको थियो ।