Bougainvilla, Tripureshwor, Kathmandu, Nepal
[email protected] +977-1-5353250

Recent News

news v3
काठमाडौं ।
नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका प्रदेश नं १ का संयोजक विशन शाक्यको नेतृत्वमा ५ अन्य प्रतिनिधिमण्डल भारतको जेम एण्ड ज्वेलरी एक्स्पोर्ट प्रमोसन काउन्सीलको तत्वावधानमा आयोजित “३८ औं भारत अन्तर्राष्ट्रिय ज्वेलरी शो (IIJS Premiere - 2022)” मा सहभागि हुनु भएको हो । उक्त शो पाँच दिन (२०७९ श्रावण १९ देखि २३ गते सम्म) आयोजना हुनेछ ।

सोही अवसरमा प्रतिनिधिमण्डलले काउन्सीलका वर्तमान अध्यक्ष कोलिन साह र अन्य विशिष्ट पदाधिकारीहरुसंग भेटवर्ता गरी नेपाल भारतका सुनचाँदी व्यवसायीको आपसी सम्बन्ध विस्तार गर्न २०७० चैत ९ गते यस महासंघ र भारत जेम एण्ड ज्वेलरी एक्स्पोर्ट प्रमोशन काउन्सील बीच भएको समझदारीलाई स्मरण गर्दै नेपाल ज्वेलरी उद्योगको प्रवद्र्धनका लागि संयुक्त रुपमा प्रविधि एवं पूँजी लगानी गर्ने बिषयमा छलफल भएको हो ।मुम्बाई बसाईको क्रममा प्रतिनिधिमण्डलले विभिन्न जेम तथा ज्वेलरी, मेसिनरी कारखानाहरुको पनि स्थलगत अवलोकन भ्रमण गरेको थियो । प्रतिनिधिमण्डलमा टेक बहादुर याङदेन, त्रिभुनाथ फूयाल, रुद्ध बहादुर वि.क, सिद्धान्त श्रेष्ठ र किरण नगरकोटी सुनार रहनु भएको थियो ।