Bougainvilla, Tripureshwor, Kathmandu, Nepal
[email protected] +977-1-5353250

Recent News

12th Ann

२०८१ माघ २६ गते, शनिबार । काठमाडौं । यस महासंघको १२औं स्थापना दिवसको अवसरमा वार्षिकोत्सव तथा नवनिर्मित सचिवालय उद्घाटन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथि वन तथा वातावरण मन्त्रालयका राज्य मन्त्री माननीय रुपा वि.क. रहनुभएको थियो । कार्यक्रमका क्रममा महासंघको १२ वर्षको यात्रा, उपलब्धिहरू, चुनौतीहरू तथा भावी योजनाहरूको चर्चा गरिएको थियो । साथै, नवनिर्मित सचिवालय उद्घाटन गरी महासंघलाई अझ व्यवस्थित तथा प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरियो ।


उक्त अवसरमा महासंघका संस्थापक सदस्यहरु, पदाधिकारी एवं कार्यसमितिहरु, सल्लाहकार, विज्ञ, आवद्ध सदस्य संघका अध्यक्ष र प्रतिनिधिहरु लगायत अन्य विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि माननीय रुपा वि.क.ले महासंघले विगत १२ वर्षमा पु¥याएको योगदानको प्रशंसा गर्दै भविष्यमा अझ प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।